सञ्चारकर्मीसहित १० जना सम्मानित

1बिर्तामोड। झापा गरामनीको नवदुर्गा किर्तन मण्डली समाज सेवाले चौथो बार्षिक साधारणको अवसरमा एक जना सञ्चारकर्मीसहित आइतबार १० जनालाई सम्मान गरेको छ ।

संस्था स्थापनाकालदेखि अनावरत रुपमा सहयोग गर्ने सञ्चारकर्मी सरोज पौडेलसहित संस्थालाई आर्थिक तथा जिन्सी रुपमा सहयोग गर्ने स्थानीयलाई सम्मन गरेको हो । कार्यक्रममा ९० बर्षिया बयोबृद्धा तुलसादेवी थपलिया, मानबहादुर मगर, प्रेमप्रसाद मैनाली, बासुदेव खरेल, प्रमिला पाठक, पूर्णबहादुर वयलकोटी र सखिल महम्मदलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

२०५५ सालमा स्थापना भए पनि २०६९ सालदेखि साप्ताहिक रुपमा भजन किर्तन गर्दै सक्रिय भएको संस्थाले छोटो समयमै ६५ हजार ४ सय ५० रुपैयाँको अक्षयकोष स्थापना गर्न सफल भएको छ । चौथो बर्षसम्म आइपुग्दा संस्थाले ६ लाखबढी अनुमानित लागतको दुई कोठे पक्की भवन निमार्ण अन्तिम चरणमा पु¥याएको छ ।2

भवन निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव भएको कार्यक्रममा संस्थाका अध्यक्ष पर्शुराम भट्टराईले बताए । उनका अनुसार भवन निर्माणका लागि सदस्यबाट संकलित आर्थिक सहयोगबाट भवन निर्माण गरिएको जानकारी दिए । अध्यक्ष भट्टराईले साताको एक दिन गरिने किर्तन, नयाँ सदस्य र आर्थिक संकलनबाट २ लाख ९१ हजार ४ सय २९ रुपैयाँ आम्दानीमध्ये खर्च कटाएर ४२ हजार ४ सय ६९ रुपैयाँ बचत भएको प्रतिवेदन प्रस्तुत गरे ।

संस्था सक्रिय भएकै कारण ६ धुर अनुदानसहित १६ धुर जग्गा जोड्न सफल भएको सदस्य कुमार सिटौलाले जानकारी दिए । कार्यक्रममा विष्णु भट्टराई, खेमप्रसाद भट्टराई, शक्तिलाल भट्टराईलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: