अनुदान पाउन भूकम्पपीडितलाई सोलार जडान अनिवार्य

download (4)काठमाण्डौ । भूकम्पपीडितले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सरकारी अनुदान लिन अनिवार्य रुपमा सोलारबत्ती जडान गर्नुपर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अनुदान वितरणसम्बन्धि कार्य्विधि संशोधन गर्दै सरकारले सोलारबाट जडान गरे मात्र अनुदान दिने निर्णय गरेको हो। घर पनि सरकारी डिजाइनअनुसारकै बनाउनुपर्नेछ । आवास निर्माणमा दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भए त्यो रकम पीडित स्वयमले व्योहोर्नुपर्नेछ ।

अनुदान तीन चरणमा वितरण गरिने भएको छ । सुरुमा ५० हजार, जग राखेपछि एक लाख र छाना राखेपछि बाँकी ५० हजार दिइने छ । सोलार जडान गर्ने पहिलो किस्ता नगदमै पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्: