कठ्याङ्ग्रिँदो चिसोमा भूकम्पपीडित–दोलखामा चिसोकै कारण ज्यान गुमाउने १३ पुगे

download (5)चरिकोट । दोलखामा पाँचजना भूकम्पपीडितले सोमबार ज्यान गुमाएपछि चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । भूकम्पपछि सरकारले बासको प्रबन्ध गर्न नसक्दा अव्यवस्थित टहरोमा बस्दै आएका पीडितले ज्यान गुमाएका हुन् ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनस्र्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन नसक्दा घरबारबिहीन बनेका पीडित धमाधम बिरामी पर्न थालेका छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो र पालमा बस्दै आएका बृद्धबृद्धा चिसोका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताए ।

प्रतिक्रिया दिनुहोस्: