जाडो छल्न भत्किएकै घरमा बस्न थाले भूकम्पपीडित

download (3)ललितपुर । मध्य पुसमा जाडो बढ्दै जाँदा प्युटार गाविस–९ की सुन्तली थिङ भूकम्पले चर्काएर खतराको सूचीमा परेको घरमै फर्किएकी छन् । गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर चर्किएर बस्नै नमिल्ने भएपछि उनी जस्ताको ‘अस्थायी टहरा’ मा बस्दै आएकी थिइन् । जस्ताको टहरामा जाडो छेक्न गाह्रो भएपछि उनी चर्किएकै घरमा फर्किएकी हुन् ।राजधानी दैनिकमा समाचार छ ।

तिहारसम्म टहरामा बसेकी थिङ तिहारपछि जाडो बढेकाले चर्किएको घरमा सरेकी हुन् । घरको एउटा पाखो पुरै लडेको छ । जस्ताको अस्थायी टहराले चिसोसँगै शीत राम्ररी नछेक्दा सन्तान बिरामी परिरहेका कारण जोखिम मोलेरै घरमा फर्केको उनी बताउँछिन् । प्लास्टिकले घेरेको भए पनि ‘अस्थायी घर’ मा भन्दा तातो हुने बताउँछिन्, उनी । सन्तान भने डराएकाले चर्किएको घरमा रात कटाउन मुस्किल पर्ने उनको अनुभव छ । ‘रातभर भुँइचालो आउँछ आमा भनेर सुत्न पनि दिँदैनन् । के गर्नु ? आउँदैन भनेर सम्झाएर पनि रात काट्नै र्पयो,’ उनी भन्छिन् । यो पीडा सुन्तलीको मात्रै होइन । सिंगो प्युटारवासीको हो।

बसिरहेको घर चर्किएपछि सुरक्षित बासका लागि ‘अस्थायी घर’मा बास बस्दै आएका प्युटारका अन्य भूकम्पपीडित पनि पुनः चर्किएकै घरमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्: