न्यूजिल्याण्डमा एक नेपाली विद्यार्थीको मृत्यु

timthumb (1)न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। न्यूजिल्याण्डको स्मोटुरिकी टापुको दक्षिणपूर्वी किनारामा २२ वर्षीय पवनकुमार खड्का मृत अबस्थामा भेटिएका हन् । आइटी विषय पढ्ने खड्काको शव पानीमा तैरिएको अवस्थामा भेटिएको हो।
स्थानीय एक पैदल यात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव नेपाली विद्यार्थी पवन खड्काको नै भएको पुष्टि गरेको छ। प्रहरीले उनको गाडी पनि नजिकै पार्क गरिएको अवस्थामा फेला पारेको छ। प्रहरीले खड्का कसरी समुद्रमा डुब्न पुगे भन्नेबारे केही नखुलेको र घटनाबारे अनुसन्धान अघि बढाएको जानएको छ।
खड्का पौडी खेल्दा डुबेका हुन् अथवा अरु केही कारण हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: