बन्धक बनाई राखेको अभियोगमा ३ पक्राउ

imagesबिर्तामोड । झापाको शनिअर्जुन नगरपालिका –९ स्थित ओसिस होटल एण्ड लजमा एक महिलालाई बन्धक बनाई राखेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेका छ ।

प्रहरीले सुनसरीको ईटहरी नगरपालिका –३ हलगाढा बस्ने मनिष कार्की, मोरङको बबियाबिर्ता ९ बस्ने दिपक ऋषिदेव, ललितपुर उपमहानगरपालिका १४ बस्ने दिपक कार्कीलाई पक्राउ गरेको जनाएको छ ।

होटलका संचालक मनिष कार्की तथा सोही होटलमा काम गर्ने दिपक कार्की र दिपक ऋषिदेवले आफूले भनेको नमाने ज्यान समेत लिन सक्ने धम्की दिएर कोठामा बन्धक बनाएको आरोप पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

होटलको दोश्रो तलामा रहेको कोठा नम्बर १०२ मा राखेर अश्लिल गाली गलौज गरि बाहिरबाट ताला लगाई बन्धक बनाएको सुचना पाएको प्रहरीले छापा मारी पीडकलाई नियन्त्रणमा लिएको हो । घटनाका बिषयमा थप अनुसंधान भइरहेको ईप्रका बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्: