राहतले किरिया गर्दै भूकम्पपीडित

download (5)दोलखा । भूकम्पपीडितका नाममा १५ हजार रुपैयाँ त आयो, थैलीमा राखैँ, ओड्ने ओछ्याउने किनेनौँ । १५ हजारले छोराछोरीलाई पढाईखर्च गर्ने पतिपत्नीले निर्णय र्गयौँ। अरुले दिएकै भरमा चिसो काटौँला भनेका थियौ तर चिसोले पतिलाई लग्यो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

अहिले त्यही पैसाले पतिको काजकिरिया गर्दैछु । केही दिनअघि चिसोबाट कठ्यांग्रिएर मृत्यु भएका दोलखा नाम्दु–३ का केशव घिमिरेकी पत्नी निता घिमिरेले यसो भनिरहँदा आँखा आभोना थिएनन्। विनाशकारी भूकम्पले घर भत्काएर बेहाल भएको निताको परिवार थप पीडामा छ ।

पतिको मृत्यु भयो, घरको आर्थिक अवस्था कमजोर छ, सासुससुरा बृद्धबृद्धा छन्, छोराछोरी सानै । अब कसरी गरिखाने भन्ने चिन्तामा आफू चटपटिएको निताले बताइन् । भूकम्पले घर भत्काएर घाइते भएका केशव त्रिपाल र चित्रको अस्थायी टहरोमा थलिएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्: