विपद् जोखिम व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका

download (1)बिर्तामोड । विपद् जोखिम व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

बिर्तामोडस्थित रेडक्रस तथा रक्तसञ्चार सेवा भवनमा शुरु भएको विपद् जोखिम व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका विषयक तीन दिने तालिम उद्घाटन समारोहका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी, यूएसएड र प्राक्टिकल एक्सनले कन्काई पूर्व सूचना प्रणाली परियोजना अन्तर्गत पत्रकारहरुलाई विपद् र यसको व्यवस्थापनमा खेल्नु पर्ने भूमिका बारे ज्ञान तथा सीप प्रदान गर्न तालिमको आयोजना गरेको बताइएको छ ।

रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ ,महासंघका पूर्व केन्द्रीय सदस्य लीला बरालले शुभकामना मन्तव्य राखेका थिए ।

झापामा क्रियाशील ३३ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा प्राक्टिकल एक्सनका संयोजक कृष्ण बसौला र रेडक्रसका सभापति ढकालले प्रशिक्षण दिइरहेका छन् ।

तालिममा विपद् तथा जोखिम, त्यसको व्यवस्थापन, अन्तर्राष्ट्रिय मानवीय कानुन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने र उक्त विषयमा सञ्चारकर्मीबीच साझा बुझाईको विकास गरिने रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: