ऊर्जा र यातायात क्षेत्रमा लगानी गर्दै अमेरिका

download (6)काठमाण्डौ । अमेरिकाले आफ्नो निकायमार्फत नेपालको ऊर्जा र यातायात क्षेत्रमा लगानी गर्ने भएको छ । अमेरिकी सरकारको निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको ऊर्जा र यातायातको क्षेत्रमा लगानी गर्न लागेको हो । राजधानी दैनिकमा समाचार छ।

सरकार र एमसीसी मिलेर संयुक्तरुपमा खडा गरिएको राष्ट्रिय योजना आयोगको मातहतमा रहने गरी अफिस अफ द मिलेनियम च्यालेन्स नेपाल स्थापना गरिएको छ भने यसले ऊर्जा र यातायात क्षेत्रका आयोजनाहरुका पहिचानको काम अघि बढाएको छ।

अर्थमन्त्रीको अध्यक्षतामा सरोकारवाल निकायका प्रतिनिधि र विज्ञ सम्मिलित समितिले आयोजनाहरुको पहिचान गर्नेछ । पहचिान गरेका आयोजनाहरु आकर्षक देखिएमा एमसीसी अमेरिकाले अनुदानका रुपमा ७० अर्बसमम लगानी गर्न सक्नेछ।

आर्थिक विकासमार्फत गरिबी निवारण गर्ने उदेश्यले ऊर्जा र यातायात क्षेत्रका आयोजनाहरु पहिचान गरी एमसीसीले लगानी गर्न लागेको ओएमसीएनका प्रमुख राष्ट्रिय संयोजक कृष्ण ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्: