कानुनै फेरेर मनमोहनका नाममा व्यापार गर्ने दाउ

imagesकाठमाण्डौ । सरकारले सहकारीबाट सञ्चालित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुप दिन हतारहतार चोरबाटोबाट प्राविधिक महाविद्यालयसम्बन्धी नीति परिमार्जन गर्न लागेको छ ।

सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ नीति बनाउने प्रतिबद्धता जनाउँदै चिकित्सा शिक्षाको विकृति विरुद्ध सात पटक अनशन बसेका डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गरेको थियो । नागरिक दैनिकमा समाचार छ ।

ती सम्झौता अनुरुप बनेका समितिले तयार पारेका प्रतिवेदनसमेत बुझिसकेको सरकारले फेरि पनि मनमोहन कलेजलाई नै सम्बन्धन दिने गरी चोरबाटोबाट पुरानै नीतिका बाझिने सर्त हटाउन लागेको हो ।

स्रातका अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पताललाई एमबीबीएस÷एमडीलगायत कोर्स पढाउने बाटो खोल्नकै लागि सम्भावित सबै चोरबाटो पहिल्याउने क्रममा यस्तो परिमार्जन गर्न लागेको हो ।

प्राविधिक शिक्षण संस्था सञ्चालनसम्बन्धी नीति निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय सम्बन्धमा बनेको आधारभूत नजीति २०६३ संशोधनको काम सरकारले अन्तिम चरणमा पु¥याएको छ , यही नीतिका आधारमा सरकारले यसअघि २०वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ । १६ वटा कलेज मनसाय पत्र लिएर सम्बन्धनको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्: