टहरामा रात काट्न अक्सिजनको सहारा

download (5)ललितपुर । टहरा छेवैमा आठनौवटा अक्सिजनका खाली सिलिन्डरसँगै निन्याउरो मुख लगाएर बसेकी छन् टरीमाया महर्जन । थकित मुद्रामा टोलाइरहेकी ७५ वर्षकी महर्जनलाई पिरलो छ कसरी यो जाडो काट्ने? दमले थलिएकी महर्जन अक्सिजनबिना बाँच्न नसक्ने भएकी छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

‘टहराको बास र बाध्यताको पहाड अचम्मको छ,टरीमायाले भनिन्, ‘तीन दिनमा एउटा अक्सिजन सिलिन्डर किन्नुपर्छ, कहाँबाट ल्याउने पैसा?’ हाकुपटासीसँगै दुईवटा चौबन्दी चोली खापेर लगाएकी छन् उनले । मुजा परेको उनको अनुहारको पीडा स्पष्टै देखिन्छ । शिथिल आँखाबाट तप्प आँसु चुहाउँदै उनले भनिन् ‘रहर नुहँदानहुँदै पनि बाँच्नुपर्दोरहेछ ।’

उनले भनिन्, ‘बेस्सरी स्वाँस्वाँ आउँछ । घाममा बसुन्जेल निको भएजस्तो हुन्छ । भित्र छिर्नासाथ अक्सिजन चाहिन्छ । जिउ पोल्छ । हिटर बाल्न बत्ती छैन । एक झमक निदाएपछि पूरा रात जाग्राम बित्छ । रात छिप्पीएपछि तुसारो पानीझै खस्न थाल्छ । जाडो महिनामा साँच्चै गाह्रो छ।’

भूकम्पले घर भत्काएपछि सैँबुमा चार महिना ढलान घरमा भाडामा बसेको थियो उनको परिवार । सात आठ हजार भाडा तिर्न नसकेर टहरामा बस्न बाध्य भएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्: