नेता ज्यू आफ्ना बंगालाको आँगनमा साइकल चढेर के नाटक गरेको ?

neta_saikalकाठमाण्डौ । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले मन्त्रालयबाट साइकल किन्न लगाई तीन दलका शीर्ष नेताहरुलाई मंगलबार साइकल उपहार दिए । नाकाबन्दी लागे साइकल चढ्ने सम्मको उद्घोष गरेका नेताहरुले आफ्ना बंगालाका आँगनमा एकैछिन साइकल चलाएपनि ।

नाकाबन्दीका कारण जनताको चुलो नबलिरहेको र कम्बल नपाएर भूकम्पपिडित चिसोका कारण दैनिक मरिरहेका बेलामा शिर्ष नेताहरुले देखाएको यो ठट्टा उनिहरुका लागी कतै महंगो पर्ने त होइन ? बाँकी कुरा पाठक र ती नेताहरुले सोचून् जसले आँगनमा साइकल चलाएर दुनियाँ हसाए ।

यी तस्विर अहिले सामाजिक संजालमा भाईरल भईरहेका छन् र नेताहरुलाई संजाल प्रयोगकर्ताले उडाईरहेका छन् । यस्ता अप्रासांगिक काम गर्नुहुँदैन भनेर नेताहरुको बुद्धी कहिले आउँछ खै !

प्रतिक्रिया दिनुहोस्: