सरकारी कर्मचारीकै घरमा कम्लरी

download (3)बाँके । प्रहरी सुरक्षासहित एक टोली बुधवार बिहान नेपालगन्जको बेलासपुरस्थित एउटा सुविधायुक्त घरमा पुग्यो। १३ बर्षीया कम्लरी रीता चौधरी बाहिर काम गरिरहेकी थिइन्। टोलीले उनलाई उद्धार गर्न खोज्यो तर मालिकले दिएनन्। उद्धार टोली र कम्लरी मालिकवीच एक घण्टा विवाद चल्यो । अन्ततः टोली त्यत्तिकै फर्कियो । नागरिक दैनिकमा समाचार छ।

उक्त घरमा कुनै सामान्य व्यक्तिको नभएर सरकारी निकायकै जिम्मेवार व्यक्तिको थियो । राष्ट्र बैँक नेपालगन्जका जिम्मेवार कर्मचारी गणेशवहादुर मल्लको घरमा कम्लरी बसेकी रीतालाई उद्धार गर्न नदिन आफन्तले रोकेका थिए ।
अरुलाई कानुनको पालना गर्न सिकाउनेले कानुनविपरित आफैँ कम्लरी राखेको गल्ती स्वीकार्न उनीहरु तयार भएनन्।

उद्धार टोलीसँग वादविवाद गर्दै प्रहरी निरीक्षक भरतसिंह राठौकी पत्नी विन्दुले रितालाई आफैँले ल्याएर माइती घरमा कम्लरी राखेको स्पष्टोक्ति दिँदै कसैले उठाएर लैजान नपाउने चेतावनी दिइन्। उनी पनि नेपाल सरकारको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगन्जकी प्रशिक्षक हुन् ।

प्रहरी टोलीमा सहभागी प्रहरी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको केही जोड चलेन । यस्तै कठिनाइका कारण बेलसापुरकी अनिता राणाको घरमा बसेकी कम्लरी मिट्ठु चौधरीलाई पनि टोलीले बुधवार उद्धार गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्: