बस दुर्घटना, ६ जनाको मृत्यु

timthumbबुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा भएको रात्रि बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्।

नारायणगढबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस गएराति देवदह नगरपालिका–१० घोडाहामा दुर्घटना हुँदा भिमदत्त नगरपालिका–४ कञ्चनपुरका प्रकाश शाही, बर्दिया तारातालका कुशल शर्मा, बाराका सुरज शाह, रुपन्देही देवदहकी शान्ति दर्जी र जमुना बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। मृतक एक जनाको भने सनाखत हुन नसकेको उनले बताए।

खाली सडकमा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ । ३६ जना यात्रु सवार उक्त बसका चालक दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई लुम्बिनी अञ्चल अस्पतालबाट थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: