घुरमा पोलिएर महोत्तरीमा एकको मृत्यु

download (4)महोत्तरी । महोत्तरीको खुट्टा पिपराढीमा आगो ताप्नका लागि बालिएको घुरमा पोलिएर एकजनाको मृत्यु भएको छ।

बालिराखेको घुरमा आगो ताप्ने क्रममा गएराति घुरबाट अचानक आगो सल्केर खुट्टा पिपरराढी–३ का ५५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोमा शरीर जलेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि भारतको पटना लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मृतक चौधरीको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्: