प्रिमियर लिग फुटबल –चेल्सीद्वारा क्रिस्टल प्यालेस पराजित

timthumb (1)काठमाण्डौ । इङ्लिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले सातौं स्थानको क्रिस्टल प्यालेसलाई ३–० ले गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीले खेलको २९ औँ मिनेटमा ओस्कारको गोलवाट अग्रता लिएको थियो । पहिलो हाफमा एक सून्यको अग्रता दिएको चेल्सीले दोस्रो हाफमा दुई गोल थपेको हो । चेल्सीका लागि खेलको ६० औँ मनिेटमा विलियनले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । यस्तै ६६ औँ मिनेटमा डिएगो कोष्टाले अर्को गोल थपेपछि चेल्सी ३–० ले विजयी भएको हो।

यस्तै अर्को खेलमा टोटनह्याम र एभर्टनले एक एक गोलको बराबरी खेलेका छन् । खेलको २२ औँ मिनेटमै आरोन लेननले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न नसक्दा खेल बराबरीमा सकिएको हो । टोटनह्यामका लागि पहिलो हाफको अतिरित्त समयमा अलिले गोल फर्काएका थिए ।

बराबरीपछि टोटनह्याम २० खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा यथाव त रहेको छ भने जित हात परेको चेल्सीको २० खेलवाट २३ अंक जोड्दै १४ औं स्थानमा उक्लेको छ।

प्रतिक्रिया दिनुहोस्: