बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद

download (2)इलाम । बहुविवाह गरेको आरोपमा ६ महिनाअघि पक्राउ परेका एक दम्पतीलाई जिल्ला अदालत, इलामले आइतबार जनही एकवर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन विवाहबारी महलको ९ नम्बर बमोजिम कसुर पुष्टि गर्दै सोही महलको १० नम्वर बमोजिम साङरुम्वा–९ का रवीन्द्र तामाङ र उनकी कान्छी पत्नी फूलमायालाई जनही एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए। तामाङकी जेठी पत्नी श्रीमायाले पतिविरुद्ध गत साउन १८ गते जिप्रकामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: