५० लाख खर्च, उपलब्धि सून्यजस्तै

downloadकाठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौं उपत्यकामा प्लास्कि झोला हटाउने अभियानमा ५० लाख रुपैयाँ खर्चे पनि उपलब्धि शून्यजस्तै भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

मन्त्रालयले गत बैशाख १ देखि साउन मसान्तसम्मको चार महनिा काठमाडौंमा प्लास्टिक झोला नियन्त्रणसम्बन्धी प्रचार प्रसार अनुगमन लगायत वैकल्पिक झोलाको प्रबद्र्धनमा ५० लाख रुपैयाँ खर्च गरेको थियो। प्रचार प्रसार र नियन्त्रणसम्बन्धी विविध गतिविधिमा यतिका रकम खर्चिए पनि बजारमा प्लास्टिकको प्रयोग र आयात भने उस्तै छ भने वैकल्पिक झोलासमेत उपलब्ध छैन।

संसदको वातावरण समितिले २०७१ भदौमा दिएको निर्देशनपछि मन्त्रालयले विकल्प नै नदिई २०७२ बैशाख १ देखि काठमाडौंमा प्लास्टिक झोला प्रयोग निषेध गर्दै नियन्त्रण अभियान थालेको थियो।

प्रतिक्रिया दिनुहोस्: