अखिल क्रान्तिकारी नयाँ प्रादेशिक संरचनामा

akhilबिर्तामोड । एकीकृत नेकपा माओबादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश स्तरीय संरचनामा जानका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाण्डौमा पुस १९,२० र २१ गते सम्पन्न बैठकले बिगतका संगठनका संरचनालाई हटाउदै नयाँ प्रादेशक संरचनामा जाने निर्णय गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का संयोजक महेन्द्र भट्टराईले जानकारी दिए ।

नयाँ प्रादेशिक संरचनाका लागि प्रदेश नम्बर १ मा इन्चार्ज चिरिञ्जीबि लामिछाने र संयोजक महेन्द्र भट्टराई, प्रदेश नम्बर २ का लागि इन्चार्ज रामबाबु बैठा र संयोजक महेशलाल यादब, प्रदेश नम्बर ३ का लागि इन्चार्ज दीपक देबकोटा र संयोजक बिजय गौतम, प्रदेश नम्बर ४ का लागि इन्चार्ज पुरन केसी र संयोजक अम्बरदीप पराजुली तोकिएका छन् ।

त्यस्तै प्रदेश नम्बर ५ मा इन्चार्ज तिलकराज भण्डारी र संयोजक ध्रुब ओली, प्रदेश नम्बर ६ मा इन्चार्ज पन्चासिंह र संयोजक खेमबहादुर सिंह र प्रदेश नम्बर ७ मा इन्चार्ज रमेश धामी र संयोजक उद्धब भट्टराई रहेको संजोजक भट्टराईले बताए ।

त्यसैगरी संगठनको प्रबत्तामा अखिल क्रान्तिकारीका सचिब सुरेन्द्र बस्नेतलाई चयन गरेको छ भने बिद्यार्थी स्वयमसेवकका इन्चार्ज संठगनका उपाध्यक्ष रन्जित तामाङ्ग र संयोजक दिपेश पुनलाई तोकेको जनाइएको छ ।

एकीकृत नेकपा माओबादीका सचिब बिद्यार्थी फ्याक्शन इन्चार्ज नेपाल सरकारका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले तत्काल स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै निर्वाचनको तयारीमा जुट्ने निर्णय समेत गरेका छ ।

प्रतिक्रिया दिनुहोस्: