प्रतिदिन दैनिकको उप–सम्पादकमा काफ्ले

10402524_602670683179445_7695936994826565165_nबिर्तामोड । प्रतिदिन दैनिकको उप–सम्पादकमा लक्ष्मी काफ्ले नियुक्त भएका छन् । पाँच बर्ष अघिदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल काफ्ले झापाका युवा पत्रकारमाझ सकृय मानिन्छन् ।

न्यू मेचीटाइम्स दैनिकबाट पत्रकारीता सुरु गरेका उनले रेडियो पत्रकारितामा समेत सम्पादनको जिम्मेवारी पुरा गरिसकेका छन् । बिर्तामोडबाट प्रकाशनमा आउदै गरेको बिर्ताज्योती साप्ताहिकको कार्यकारी सम्पादनको जिम्मेवारी पुरा गर्दै आएका काफ्ले रेडियो बिराटमा रहदा समाचार प्रमुख थिए । झापाली सञ्चार क्षेत्रमा खोज पत्रकारका रुपमा काफ्ले परिचित ब्यक्ती हुन् ।

प्रतिक्रिया दिनुहोस्: