मिलेमतोमा ठूला ग्राहकलाई चार अर्ब छूट

poisaकाठमाण्डौ । विद्युत महसुल निर्धारण आयोग र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा व्यापारीको आग्रह बमोजिम चौबिसै घण्टा बिजुली लिएका ठूला ग्राहकलाई वार्षिक चार अर्ब रुपैयाँ महसुल छूट दिने निर्णय भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

प्राधिकरणले उद्योग, होटल, प्रतिष्ठानलगायत ठूला ग्राहकलाई चौबीसै घन्टा विजुली दिएबापत दोब्बर महसुल उठाउँदै आएको थियो। प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले त्यस्ता डेडिकेटेड फिडरलिएका ग्राहकबाट दोब्बर महसुल नलिने र लिएको महसुल फिर्ता गर्ने निर्णय गरेको हो।

आयोगका अध्यक्ष जगत भुसालले डेडिकेटेड लाइनबाट थप महसुल असुल्नेप्राधिकरणलाई अधिकारी नभएको बताए। आयोगले डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति भइरहेका ग्राहकसँग थप रकम नलिन र लिएको भएफिर्ता गर्न प्राधिकरणलाई यही पुस १९ गते पत्राचार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: