विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ जिम्मा वायु सेवा निगमलाई नै

download (2)काठमाण्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्रको ग्राउन्ड ह्यान्डलिङ जिम्मा नेपाल वायुसेवा निगमको हातबाट खोस्ने प्रयास फेरि पनि असफल हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नै निगमलाई निरन्तरता दिने पक्षमा उभिएका छन्। कारोबार दैनिकमा समाचार छ।

अहिले सेवा प्रभावकारी नरहेकाले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुरुप बनाउनु पर्ने भन्दै बेलाबखत निगमको हातबाट यो जिम्मेवारी खोस्ने प्रयास हुँदै आएका छन्। मन्त्रीको आशय बुझेपछि नागरिक उड्डयन प्राधिकरणसमेत निगमसँग सम्झौता नवीकरणको गृहकार्यमा जुटेको छ।

निगमले नवीकरणका लागि औपचारिक पत्र पठाएको छ। प्त्रमा ग्राउन्ड ह्यान्डलिङमा धेरै सुधार भएको र त्यो क्रम जारी रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: