विप्लव माओवादीका झापा सेक्रेटरीसहित ४ जना गिरफ्तार

downloadबिर्तामोड । नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा माओवादीका झापा सेक्रेटरी बिबश किराती सहित ४ जना माओवादी कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेका किराती माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रिय महासचिब समेत हुन् । त्यस्तै पक्राउ पर्नेमा माओवादी झापाका जिल्ला सदस्य चमन लाल माझी,पुष्प अधिकारी, बिद्यार्थी झापा इन्चार्ज नबिन अधिकारी रहेका छन् ।

माओवादी झापाका युवा नेता सुमन सिंह पौडेलले दिएको जानकारी अनुसार मध्यराती प्रहरीले हतियार सहित झापाका जिल्ला सचिबालय सदस्य लक्ष्मी याख्खाको घरमा प्रवेश गरी खानतलासी समेत गरेको थियो ।

माओवादी नेता कार्यकर्ताहरुलाई किन पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले अहिलेसम्म पनी आफ्नो आधिकारिक धारणा सार्बजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रहरी प्रवक्ता भिम बहादुर दाहालका अनुसार झापाका बिभिन्न स्थानबाट नेता कार्यकर्ता पक्राउ गरिएको र केही कार्यकर्ता पक्राउ गर्न बाकी रहेकाले अहिलेनै पक्राउको कारण खुलाउन नमिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: