जस्तोसुकै सघर्ष गर्न बिप्लव माओवादी तयार छ – नेता कार्की

12310676_1748412988715662_8236549228163019793_nबिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीका मेची उपब्युरो इन्चार्ज राजेन्द्र कार्की (नविन) ले झापाबाट पक्राउ परेका नेता कार्यकर्ता बिनासर्त रिहाइ नगरे जस्तोसुकै सघर्ष गर्न पार्टी तयार रहेको बताएका छन् ।

शुक्रवार मेची खवर सँग कुरा गर्दै कार्कीले भारतीय दलालहरुको बिरुद्धको सघर्ष गर्दा हामीमाथी नै राज्य प्रसासन आइपर्छ भने बिद्रोह गर्नुको बिकल्प नरहने बताए । उनले भने‘– जहाँ दमन हुन्छ, त्यहाँ बिद्रोह हुनु बिज्ञानकै नियम हो ।’

राज्य प्रसासनसँग छलफल भइरहेको बताउदै नेता कार्कीले चेतावनी भासामै भने‘–राजनैतिक मुद्दालाई ठुलो बनाएमा परिणाम ठिक आउदैन ।’ क्रियाको प्रतिक्रिया दिनु स्वभाविक रहने बताउदै कार्कीले शसस्त्र बिद्रोह नै गर्न पनि आफुहरु पछि नपर्ने बताए । बुधवार साझ झापाका बिभिन्न स्थानहरुबाट जिल्ला सेक्रेटरी बिवस किराती सहित ४ जनालाई गिफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: