मिनि माउन्टेण्ड एक पर्यटकीय क्षेत्रका रुपमा चिनिदै

10553507_10206868930635692_3739831352710636673_n

                                          झापाका पत्रकारहरु मिनि माउन्टेण्डमा तस्विर खिच्दै । तस्विरः मेची खवर

बिर्तामोड । इलामको पुर्वी दक्षिणी क्षेत्र र झापाको उत्तरपुर्वी गाविस बाहुनडागीको मिनि माउन्टेण्ड यतिबेला पर्यटकिय स्थलका रुपमा परिचित बनेको छ । नेपालीहरुका लागि मात्र नभइ मिनि माउन्टेण्ड भारतीय पर्यटकका लागि पनि आवस्यकिय स्थलका रुपमा चिनिदै गएको हो । सबै स्थानहरु घुमफिर पछि आफ्नै ठाउँमा समेत पर्यटन क्षेत्रको बिकास सम्भव देखेर केही नयाँ कामहरु सुरु गरिएको समाजसेवि युवा भुपु कान्छाले बताएका छन् ।

एक सिजनमा हजारौँ पिक्निकहरुको भिड लाग्ने मिनि माउन्टेण्ड निस्पक्ष मनोरञ्जनका रुपमा रहेको छ । सो क्षेत्रमा राज्यले केही झिनो रकम छुट्याएको बताउदै कान्छाले भने‘– बाटो, बिजुली, खानेपानी, पुल, तटबन्ध आदि कामका लागि बजेट बिन्यास गर्नुपर्ने हुन्छ, त्यस्ता कामका लागि राज्य गम्भिर बनोस ।

स्थानियहरुकै पहलमा सुकबहादुर दावाको अध्यक्षतामा मिनि माउन्टेण्ड पिक्निक स्पोर्ट तथा पर्यटन बिकास समितिको समेत निर्माण गरिएको छ । ११ सदस्यीय समितिको सचिवमा शुक्रराज थाम्सुहाङ रहेका छन् । युवा समाजसेवी भूपु कान्छाको सहयोगमा नाग दहको निर्माण गर्न लागिएको त्यस क्षेत्र बिगत ४ बर्ष यता पर्यटकीय क्षेत्रका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्: