गोरखाका भूकम्पपीडितहरुले नुन तेलपनि पाएनन

download (7)गोरखा । भूकम्प अति प्रभावित गोरखाको उहियालगायत छिमेकी र उत्तरी क्षेत्रका दुर्गम गाविसमा नुन तेल सकिएको छ। ती क्षेत्रमा खाद्यान्नसमेत सकिन लागेको स्थानीयले बताएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

नुन नभएर अलिनो खानु परेको उहिया–५ का मनबहादुर सुनारले बताए। ‘तेल छैन, बोसो पगालेर भुटुन बनाएका छौँ, उनले भने,‘नुन खान पाएका छैनौँ।’

चुम्चेत र बिही गाविसमा पनि नुन नभएको स्थानीयले सुनाए। केरौँजा र सिर्दिबासका कतिपय वडामा नुन तेल अभाव भएको गाउँलेले गुनासो गरेका छन्। ‘राहतमा आएको नुन तेल सकियो, करौजी–६ की माया घलेले भनिन्,‘चामल अलिअलि बाँकी छ। नुनचाहिँ निकेर खान्छु भन्दा पनि पाइएन्।’

सवैभन्दा नजिकको आरुघाट बजारमा नुन लिन जान आउन ४ दिन लाग्ने उहियाका सन्तबहादुर गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्: