बालकृष्ण र पुष्करलाई जेल हाल्दा अरु परिवारमाथि अन्याय

nirmal-ghimireनिर्मल घिमिरे /ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठ र भुवनकुमार श्रेष्ठको तत्कालिन युद्धका बेला हत्या भयो । उज्जन र भुवनको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै बारंबार कुरा उठ्ने गरेको छ । दश वर्षे द्वन्द्वका क्रममा उज्जन र भुवनमात्रै होइन, धेरै मानिसको ज्यान गयो । देशभर झण्डै १७ हजार नागरिकले ज्यान गुमाए । देशभरको कुरा मात्र होइन, उज्जन र भुवनकै गाउका मात्रै आठ नौ जनाले ज्यान गुमाएका छन् ।

त्यतिबेला उज्जन र भुवन मात्र नभइ पोकली–२ की कमला कार्की, सोही ठाउँकै दिनेशकुमार गौतम, प्रल्हाद गौतम, वालन नेपाल, पोकली–१ की मन्जु गौतम मारिए । कसैको लाश भेटियो कसैको ऐलेसम्म न लाश न सास भेटिएको छ ।
उज्जन र भुवनको हत्यामा बालकृष्ण ढुंगेल र पुष्पर गौतमलाई दोषी ठहर गरिएको छ । अदालतले ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । तर अदालतको फैसला कार्यान्वयन नभएको भन्दै दायर गरिएको रिटमा सर्वोच्चले पुन आममाफी नहुने फैसला सुनाएको छ ।

द्वन्द्वकालिन समयमा ओखलढुङ्गाको पोकली–१ र २ मा राज्यका तर्फबाट र तत्कालिन बिद्रोही पार्टी माओेवादीको तर्फबाट उज्जनकुमार श्रेष्ठ, भुवनकुमार श्रेष्ठ मात्र नभएर अरु पनि मारिएका छन् । त्यतिबेला उज्जन र भुवन मात्र नभइ पोकली–२ की कमला कार्की, सोही ठाउँकै दिनेशकुमार गौतम, प्रल्हाद गौतम, वालन नेपाल, पोकली–१ की मन्जु गौतम मारिए । कसैको लाश भेटियो कसैको ऐलेसम्म न लाश न सास भेटिएको छ ।

पोकलीको यति सानो गाउँ दुई वडामा गरी जम्मा १३५ घर धुरी छन् । यति सानो गाउँमा ८र९ जनाले जीवन आहुती दिएका छन् । जो सुकै भए पनि दोषीलाई कारबाही हुनुपर्छ भन्नेमा हाम्रो पनि मत छ । तर ती घटनाहरु सोच्दा पनि आँसु आउँछ । मृत्युवरण गर्ने कोही काखा र कोही पाखा भन्ने हुँदैन । सबैका सन्तान समान हुन्छन् । हो, न्याय सबैले पाउनु पर्दछ तर जुन एउटै गाउँका जनतामा राज्यले कसैलाई त्यहीँ ज्यान गुमाएवापत द्वन्दपीडित परिवारको बिल्ला भिराएर ज्यानको मूल्य तोकेर केही रकम बाड्ने काम ग¥यो ।

त्यही रकम पनि जो पीडित परिवारले सबै रकम पाएनन् गाउँका टाठा बाठा भनाउँदाहरुले गाउँमै पैसा ल्याइदिने बाहना गरेर आधा रकम ल्याउनेले नै खाइदिए । आज त्यही गाउँका बालकृष्ण ढुंगेल र पुस्कर गौतमलाई सर्बश्वसहित जन्मकैद गर्दा कमला कार्की, दिनेश गौतम, मञ्जु गौतम लगायतका परिवारलाई अन्याय भएन र ? यो कुराको चित्तबुज्दो जवाफ सरकारले त्यो परिवारलाई दिन सक्नुपर्छ ।
आज पुस्कर गौतम र बालकृष्ण ढुंगेललाई जेल हाल्ने भयो भनेर मैले यो कुरा लेखेको होइन । किनकी म कसैको कार्यकर्ता होइन तर एउटै गाउँका एकै प्रकृतिका घटनामा जो बोल्न सक्दैन, जो आर्थिक रुपले कमजोर छ, उनीहरुमाथि अन्याय भएको छ ।

सरकारले कुनै परिवारलाई १÷२ लाख दिएर फकाउने, कसैलाई सर्बश्वसहित जन्मकैद गरेर पीडितलाई न्याय दिलाउने गर्दा भोलिका दिनमा उज्जनकुमार श्रेष्ठको परिवारको नजरमा कमला कार्की, दिनेश गौतम, मन्जु गौतम जस्ताको परिवार सधैं झुक्नुपर्ने अवस्था आउन सक्दछ । त्यसैले सरकारले सबै पीडित परिवारलाई न्याय हुने काम गरोस् । सरकारले कसैमाथ अपमानित र गिरेको महसुस नहुने गरी पीडित परिवारलाई न्याय प्रदान गरोस् । आम द्वन्द्वपीडित परिवार यही चाहन्छ ।

(घिमिरे ओखलढुंगा पोकली–२ का बासिन्दा हुन् ।)

प्रतिक्रिया दिनुहोस्: