सोलुखुम्बु, कैलालीसँगै रौतहटका नयाँ क्रियाशिल सदस्यले महाधिवेशनमा मताधिकार नपाउने

timthumbकाठमाण्डौ । सोलुखुम्बु, कैलालीसँगै रौतहट क्षेत्र नम्बर ४ का नयाँ क्रियाशिल सदस्यले नेपाली कांग्रेसको १३औं महाधिवेशनमा मताधिकार नपाउने भएका छन्।

सभापति सुशील कोइराला निवासमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले सोलुखुम्बु र कैलालीका सबै र रौतहट क्षेत्र नम्म्बर ४ का नयाँ क्रियाशिल सदस्यलाई महाधिवेशनमा भाग लिन नदिने निर्णय गरेको हो।

सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उपस्थित बैठकले ती जिल्लाबाट १२औं महाधिवेशनमा सहभागी भएर सदस्यता नविकरण गरेका सदस्यलाई मात्रै आगामी महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: