कांग्रेस मुख्यालयमा अझै तीन अनशन टोली

ncकाठमाण्डौ । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली र सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३ औ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन बसेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरुले अनशन जारी राखेका हुन्। समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बका सबै गाविसमा १२ औ महाधिवेशनका क्रियाशील सदस्यहरुको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशिलतर्फ सबै नामावली तेह्रौ महाधिवेशनका लागि स्थगन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनसन टुंग्याएको छ।

तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ। त्यस्तै कैलालीको एक समूहले अनशन टुंग्याए पनि अर्कोसमूहको अनशन जारी छ। रौतहटको पनि अर्को समूहले अझै अनशन जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्: