ठन्डीले बिरामी हुने भूकम्पपीडितको संख्या बढ्यो

download (2)गोरखा । गोरखाका लाप्राक र बारपाकका अस्थायी शिविरका भूकम्पपीडितहरु हिउँको ठन्डीले बिरामी पर्ने क्रम बढेको छ। अस्थायी शिविर हिउँले ढाकेको छ। बृद्धबृद्धा र बालबालिकामा निमोनिया र दमको समस्या देखिएको छ। धेरैलाई आँखा पाक्ने र दुख्ने रोग लागेको छ। स्थानीय साइँली गुरुङले बताइन्। कान्तिपुर दैनिकमा समाचार छ।

‘एक घण्टा हिउँ पर्दा अस्थायी टहरो पुरियो, उनले भनिन्,‘ापहिले जस्तो अझै २÷४ दिन हिउँ परे मरिन्छ।’ ३÷४ वटा सिरक खापेर सुत्दा पनि जाडो नथेगेको उनले बताइन्।

विस्थापित परिवारमा रुघा खोकी, हाडजोर्नी, दुख्ने, चिसोले पखाला लाग्ने समस्या देखिएको डा. विन्दु पाण्डे केसीले जानकारी दिइन्। चिसोका कारण शरीरभरि घाउखटिरा आएकी ३० महिने बालिका गंगा गुरुङलाई सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्: