दुई टुक्रा हात जोड्यो बिर्तामोडको बीएनसीले

hat bn cबिर्तामोड । बुधबारे १ झापा होक्सेका ५० बर्षिय हर्कबहादुर लिम्बुको गत सोमबार स्थानीय सन्तोष तिम्सिनाको काठ मिलमा काम गर्ने क्रममा मेशिनले देब्रे हात चुडायो । नारीमा मिलको आराले दुइ टुक्रा बनेका उनीलाइ बिर्तामोडको बीएनसी हस्पिटलमा उपचारका लागि पु¥याइयो ।

छिमेकीको सहारामा हस्पिटल ल्याइएका उनलाई तत्काल डाक्टरले उपचार गर्न तयारी गरे । बेहोस अवस्थाका उनलाई सोझै आइसियुमा भर्ना गरेर डाक्टर निराजन पराजुलीको टिमले उपचार शुरु ग¥यो । लगभग ६ घण्टाको निरन्तर प्रयास पछि उनको हात जोडियो । हस्पिटलमा भएको अत्याधुनिक माइक्रोस्कोप (जेन्टेरो) को मद्दतले काटिएका नशा जोड्ने काम भयो ।

उपचारमा संलग्न अर्का डाक्टर उमेशकुमार शर्माका अनुसार बिरामीको हात अहिले कामलाग्ने अवस्थामा रहेको छ । बिरामीले औंला चलाइ रहेको तथा रगत संचालन प्रक्रिया पनि नियमीत भएको उनले बताए । ‘म कलर डोप्लर गरेर हेरिरहेको छु बिरामीमा कुनै समस्या छैन, शर्माले भने–‘यो हस्पिटलले यो दुर्लभ उपचार सम्भव गरेको छ ।’

उपचारमा संलग्न चिकित्सक पराजुलीका अनुसार डाक्टर र प्रविधिको तर्फबाट गरिने सबै उपाय यो अपरेसनमा सफल भएको छ । उनले यस्तो खालको उपचार बिश्वमा नै दुर्लभ मानिने दावी गरे । काठमाण्डौ बाहिर यस्तो उपचार पहिलोपटक बीएनसी हस्पिटलमा भएको बताउदै उनले हात, खुट्टा लगायतका शरिरका अंग चुडिएको ८ घण्टा भित्रमा हस्पिटल पु¥याउन सके अंग बचाएर उपचार सम्भव हुने बताए ।

पीडितकी श्रीमती लीलादेवी सुब्बाले माया मारिसकेको आफ्ना श्रीमानको हात फेरि जोडिदा पुनर्जिबन पाएको बताइन् । भक्कानिरहेकी उनी यो भन्दा बढी बोल्न सकिनन् । उनका छिमेकी खड्ग तिम्सिनाले उपचारमा संलग्न चिकित्सक सहित हस्पिटल सञ्चालकलाई खादा ओढाएर सम्मान गरेका थिए ।

बीएनसी हस्पिटलमा भएको यो प्रविधि संसारकै अत्याधुनिक भएको बताउदै डाक्टर पराजुलीले आवश्यक उपकरण उपलब्ध भए नेपालका डाक्टरहरु जस्तोसुकै कठिन उपचार गर्नपनि सक्षम रहेको भनाइ राखे । पत्रकार सम्मेलनमा बिरामीको हात छुटिएर जोडेको भिडियो समेत देखाइएको थियो । हाल बीएनसी हस्पिटलमा ६० भन्दा बढी बिशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेको प्रबन्ध निर्देशक दुर्गा प्रसाइले बताए ।

प्रतिक्रिया दिनुहोस्: