नेपालको अलैंची बिश्वबजारमा

downloadबिर्तामोड । भारतको आसाम राज्यमा भएको कृषिमेलामा नेपालको अलैंची बिश्वबजारमा उत्कृठ भएको भन्दै सम्मानित भएको छ । मेलामा आसामका कृषिमन्त्री एसके हुसेनले नेपालका अलैंची ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र घिमिरेलाई सम्मानित गरेका हुन् ।
अलैची ब्यवसायी महासंघले बिगत तीन बर्षयता सो स्थानमा लाग्दै आएको अन्तराष्ट्रीय कृषीमेलामा सहभागिता जनाउदै आएको छ । नेपालको अलैंची बिश्व बजारमा उत्कृष्ठ रहेको भन्दै आसाम सरकारको तर्फबाट सम्मान गरिएको कृषिमन्त्री हुसेनलाई उद्धृत गर्दै घिमिरेले बताए ।

कुल १ हजार ३ सय स्टल रहेको मेलामा नेपालको स्टल उत्कृष्ठ रहेको आयोजकले बताएको छ । स्टलमा आसाम राज्यका मुख्यमन्त्री तरुण गोगोइले चासोपुर्वक नेपालको अलैंची र अलैंची फ्रल्ने स्थानका बारेमा जानकारी लिएको संघका कार्यालय प्रमुख अनिल ढुङगानाले बताए । नेपाल सरकारको निर्यात प्रबर्धन बोर्डका डाइरेक्टर सहित १२ जना अलैची ब्यवसायी रहेको टोलीले आसामको कृषि र प्रविधिको अध्ययन गरेर फर्केको थियो । नेपालमा गुणस्तरीय अलैंची उत्पादन हुने बताउदै घिमिरेले बिश्व बजारमा नेपाली अलैंची भनेर निर्यात गर्ने वाताबरण बनाउन संघ जोडदार रुपमा लागेको बताए ।

केही बर्ष अघि सम्म मेची अञ्चलमा मात्र उत्पादन हुदै आएको अलैंची हाल नेपालका सबै पहाडी भु भागमा उत्पादन हुन थालेको छ । नेपालबाट तेश्रो देशतर्फ बार्षिक १० अर्बको अलैंची निर्यात हुने बताउदै घिमिरेले सबैभन्दा धेरै बिदेशी मुद्रा आर्जन गर्न सफल अलैंचीको बिकासमा सरकारी क्षेत्रबाट उदासिनता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: