प्रहरी र भारतीय नागरिकवीच गोली हानाहान

download (3) बेलौरी । कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ।

बेलौरी नगरपालिका–१० मा हतियारसहित नेपाल प्रवेश गरेका चार भारतीय नागरिकलाई गएराति प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहान भएको हो।

प्रहरीले चारजना मध्ये एकजना भारतीय युवकलाई एक थान पेस्तोलसहित आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिए। अन्य तीन जना भने भारतीय भूमितिरै भाग्न सफल भएको चौधरीले बताए। उनीहरु भारतीय नम्बर प्लेटका मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: