मेची उद्योग वाणिज्य संघको नेतृत्व सर्वसहमत, अध्यक्षमा नेम्वाङ र महासचिवमा तिम्सिना

7057झापा । राजनीतिक सहमतिका आधारमा मेची उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन भएको छ ।
दलहरुबीच भएको छलफलपछि आज सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । काङ्ग्रेस, एमाले लगायतका दलहरुको सहमतिमा पङ्कजविक्रम नेम्वाङ अध्यक्ष चयन हुनु भएको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा ललित तामाङ, वाणिज्य उपाध्यक्षमा राजु गिरी, उद्योग उपाध्यक्षमा ध्रुर्व कनाल, महिला उपाध्यक्षमा राधा कार्की र महासचिवमा ऋषि तिम्सिना चयन हुनु भएको छ । बाँकी सदस्य पदका लागि आवश्यक सङ्ख्या भन्दा तीनजना बढी उमेद्वार भएकाले भोलि सर्वसम्मतको प्रयास गरिने सङ्घका अध्यक्ष विजय डालमियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: