पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँने तयारी

imagesकाठमाण्डौ । पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँउने तयारी गरेको छ । १० दिनभित्र पाँच सय जना इञ्जिनियर गाउँ पुगिसक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाभित्र एक हजार पाँच सय इञ्जिनियरलाई गाउँ पठाइसक्ने प्राधिकरणको तयारी छ । हिजोबाट पुनर्निर्माण महाअभियान सुरु गरेको प्राधिकरणले तीन चरणको पुनर्निर्माण कार्ययोजना बनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा जोखिमको आवश्यक मूल्यांकन गरी पुनर्निर्माण थाल्ने योजना अनुरुप प्राधिकरणले फागुन १२ गतेसम्म पहिलो चरणमा जिल्ला समन्वय समितिको गठन, आवश्यक जनशक्तिको परिचालन, कार्यालय व्यवस्थापन तथा बजेट व्यवस्था गर्ने योजना तयार पारेको छ ।

यस्तै चैत १२ गतेसम्म दोस्रो चरणमा प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, पुनर्निर्माण सम्बन्धी नीति, नियमावली तथा कार्य्िवधि बनाउने र जिल्लामा सम्बद्ध सरकारी कार्यालयमा पुनर्निर्माण इकाई स्थापना गरिने जनाएको छ ।

वैशाख १२ गतेसम्म तेस्रो चरणमा कम्तीमा पाँच जिल्लामा नमुना आवास निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ । तर घर बनाउने पर्खाइमा बसेका भूकम्प पीडितले भने वर्षा अघि नै घर निर्माण सक्ने वातावरण बनाइदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: