अपहरणमा परेका बालकको चार दिनपछि शव फेला

downloadमहोत्तरी । गत बिहीवार अपहरणमा परेका महोत्तरी जलेश्वर नगरपालिका–१२ का ११ वर्षीय बालक निश्चल पाण्डेको शव फेला परेको छ।

पाण्डेको शब जलेश्वर नगरपालिका–१३ रातोखोलाको पश्चिम खैरबारीको खाल्डोमा गाडिएको अबस्थामा प्रहरीले सोमवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भटराईले जानकारी दिए।

पाण्डेलाई अज्ञात समूहले बिहीवार साँझ भिठामोड जनकपुर सडक खण्डको भिठामोड बसपार्कबाट अपहरण गरेका थिए। पाण्डे अलहेप्स इलिश बोर्डिङ स्कुल जलेश्वरमा कक्षा पाँचमा अध्ययनरत विद्यार्थी हुन्।

शनिवारमात्रै उनका बुबा नविन पाण्डे छोरालाई अपहरणमुक्त गराउन प्रहरी, नागरिक समाज र मानवअधिकारकर्मीसँग आग्रह गरेका थिए। यसैवीच बालक अपहरण गरी हत्या गरेको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्: