एमाले संसदीय दलको बैठक प्रधानमन्त्रीको निवासमा

timthumb (1)काठमाण्डौ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा सरकार सञ्चालन, पछिल्लो राजनीतिक घटनाक्रम, मधेसी मोर्चाले उठाएका ११ बुँदे माग लगायत विषयमा छलफल हुने एमाले पोलिटब्युरो सदस्य एवम् सांसद प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा सरकार सञ्चालनबारे प्रगति, सरकारका कमी कमजोरी लगायत विषयमा सांसदहरुले आआफ्नो सुझाव राख्ने ज्वालाले बताए।

वैठकमा केही सांसदहरुले भने भारतीय नाकाबन्दीपछि मौलाएको कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: