एम्वुलेन्सको ठक्करबाट बालकको मृत्यु

imagesदाङ । दाङको पर्सेनीमा एम्बुुलेन्सको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । सुत्केरी महिला बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ च ५२५ नम्वरको एम्वुलेन्सले गएराति सवा १० बजेतिर तुलसीपुर–१५ पर्सेनी ठक्कर दिँदा तुलसीपुर वनट्टाका १३ वर्षीय बालक शान्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अभिभावकसँग माघीको नाच हेर्न गएका बालकलाई एम्वुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने एम्वुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: