जागिरको प्रलोभनमा सामूहिक बलात्कार

download (1)काठमाण्डौ । जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

२६ पुसमा नयाँ बसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो। धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरुसँग जबरजस्ती सम्बन्ध राख्न लगाएकी थिइन्। आफूलाई गेस्ट हाउसमा पाँचजनाले बलात्कार गरेको पीडित युवतीले प्रहरी समक्ष बताएकी हुन्।

रतलाले युवतीलाई गत २४ पुसमा काठमाडौं ल्याएकी थिइन्। पहिलो दिन उनी एक्लै गेस्ट हाउसमा बसेकोमा भोलिपल्ट जागिरका लागि कुरा गर्न भन्दै रतलाले शुभकामना गेस्ट हाउस पु¥याएकी थिइन्। गेस्ट हाउसको कोठाभित्र पाँच जना युवक बसिरहेका थिए। युवतीलाई त्यहाँ र्पुयाएर बाहिरबाट चुकुल लगाइदिएर रतला हिँडेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्: