सहुलियत पाउन अंशबन्डा गर्नेको लर्को

downloadसिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट भोटेनाम्लाङ गाविसका ८० वर्षीय जितबहादुर तामाङ दुई दिनदेखि सदरमुकाम चौतारामा बसिरहेका छन्। आइतबार झिसमिसेमै गाउँबाट साथीहरुसँग जिल्ला मालपोत कार्यालय आएका तामाङ सोमबार अबेरसम्म पनि काम सम्पन्न नभएपछि मालपोत कार्यालय देउको चौतारीमा सुस्ताउँदै बसिरहेका हुन्। राजधानी दैनिकमा समाचार छ।

उनीसँगै छन्, सोही वडाका जमदार तामाङ। लैरो टेक्दै आएका जितबहादुर दुई दिन बस्दा पनि काम नबनेपछि सँथै रहेका साथीसँग एक खिल्ली चुरोट माग्छन् अनि बेपरवाह चुरोट तान्छन्।

‘छोरालाई अंश दिन हिजो आएँ तर आजसम्म पनि काम भएन, जितवहादुरले भने। पैसा कति सकियो भन्ने प्रश्नमा उनी भन्छन्,‘कति सकियो कति? हिसाब नै छैन।’

आफ्नो नामको जग्गा छोरालाई दिन जितबहादुर मालपोत कार्यलय आएका छन् भने भाईलाई जग्गा दिन जमदार मालपोत कार्यालय आएका हुन्। उनीहरुमात्रै होइनन्, गाउँका २० जना भन्दा बढी व्यक्ति मालपोत कार्यलय धाइरहेको जमदारले बताए।

प्रतिक्रिया दिनुहोस्: