चोरीको अभियोगमा पक्राउ गरि प्रहरीको चरम यातना

12571058_853608964765399_221242045_nबिर्तामोड । झापाको टाघनडुब्बाका एक किशोरलाई चोरीको अभियोगमा पक्राउ गरि प्रहरीले चरम यातना दिएर छाडेको छ । प्रहरीको यातनाबाट घाइते भएका उनको स्थानीय कन्चनजंघा हस्पिटलमा उपचार भइरहेको छ ।

टाघनडुब्बा ६ का ब्यापारी कलाम शेखको दराजबाट १ लाख १४ हजार रुपैंया चोरी भएको भन्दै उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा उजुरी हालेका थिए । किटानी जाहेरी नपरेको हुनाले प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको थिएन । उनै शेखले जिल्ला प्रहरी कार्यालयमा १६ बर्षका सर्फरोज मियाले चोरी गरेको भन्दै फेरि उजुरी दर्ता गराएको स्थानीय जियाबुल हकले बताए ।

‘जिल्ला प्रहरी कार्यालयले बोलाएपछि हामी पुष २७ र २८ गते २ दिन प्रहरी कार्यालयमा हाजिर भयौं, हकले भने,–‘उजुरकर्ता प्रहरी कार्यालय नआएपछि जिल्ला प्रहरी कार्यालयबाट कुमरखोदमै मिलाउने भन्दै पत्र लिएर हामी फर्केका थियौं ।’ कुमरखोद इप्रकामा छलफलमा गएका बेला प्रहरीका सई मोहन भुजेलले अभियुक्त सर्फरोज मियालाई थुनेर मरणासन्न हुनेगरि कुटपिट गरेको उनले बताए ।

‘सई भुजेलले भुइमा लडाएर रातभर कुटपिट गरे, हस्पिटलको बेडमा उपचाररत भुजेलले भने–‘कुटपिट गरेको बाहिर कसैलाई भनिस भने राम्रो नहुने भन्दै धम्काएका छन् ।’ उनले छाति दुखेर आफू बेहोस भएपछि छिमेकीको सहयोगमा हस्पिटल भर्ना भएको जानकारी दिए । सई भुजेलकै दवावमा ५५ हजार रुपैंया तिर्ने भनेर कागज गरेपछि पीडितलाई छुटाएको उनका बुबा शेराजुल मियाले बताए ।

छोरालाई प्रहरी कार्यालयबाट छुटाएर ल्याएपछि बेहोस भएका कारण हस्पिटल ल्याउदा प्रहरीले चरम यातना दिएको खुलेको उनले बताए । सोमबार हस्पिटल भर्ना भएका उनलाई बुधबार( आज) डिस्चार्ज दिने बताइएको छ । उपचारमा संलग्न चिकित्सक सिपि यादवका अनुसार घाइतेको छातीको मासु सुन्निएको छ । पीडितको स्वास्थ्यमा सुधार भइरहेको समेत उनले बताए ।

हकका अनुसार अर्काकोमा मजदुरी गर्ने मियाले चार हजार रुपैंया पैसा जम्मा गरेका थिए । उनले रोजगारीका लागि कतारमा रहेका दाजुसँग पैसा मागे । उनका दाजुले नागरिकता र राहदानी बनाउन ११ हजार रुपैंया पठाइदिए । राहदानी बनाएर दाजुसँगै कतार जाने योजनामा उनको हातमा पैसा प¥यो । उनीसँग त्यति रकम भएको पत्ता लगाएका शेखले उनैले चोरेको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

इप्रका कुमरखोदका प्रमुख भुजेलले सर्फरोजमाथी कुटपिट नगरेको दावी गरे । उनले बयानको क्रममा मिया ४ गतेदेखि १८ गतेसम्म कामको शिलशिलामा उनी सुरुङ्गामा रहेको बताएपनि अनुसंधानका क्रममा टाघनडुब्बामै रहेको खुलेको बताए । उनले भने–‘सयौं मान्छेको अगाडि सहमति भएको हो, त्यो बेला कुटपिट र जबरजस्ती कागज गराएको भन्ने आरोप आएन, ऐले योजनाबद्ध यो आरोप आउनु दुःखलाग्दो कुरा हो ।’ आफूलाई फसाउनका लागि हुदै नभएको घटना उचालेर मियालाई प्रयोग गरिएको समेत उनले बताए । आजको ब्लाष्टमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: