यस्तो छ, भारतमा आत्महत्या गर्ने दलित छात्रको अन्तिम चिठी

Rohit_Wemula_Su_SIde_171438250-750एजेन्सी । भारतको हैदराबादमा एकजना विद्यार्थीको आत्महत्या पछि भारतका मुख्य शहरका विभिन्न विश्वविद्यालयमा हजारौं विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । तल्लो जात भनिने समुदायका ती विद्यार्थी रोहित वेमुलाले जातीय वेदभावका कारण आत्महत्या गरेको प्रदर्शनकर्ताहरुको विश्वास छ।
झुण्डिएर आत्महत्या गरेका वेमुलाले ‘मेरो जन्म एउटा घातक गल्ती हो’ भनेर लेखिएको एउटा चिठि छोडेका थिए ।
वेमुला र अरु चारजना तल्लो जात भनिने समुदायका व्यक्तिको सत्ताधारी हिन्दु राष्ट्रवादी पार्टीका समर्थकसंग झडप भएको आरोपमा एकजना संघीय मन्त्रीले ती विद्यार्थीलाई सजाय दिन माग गरेका थिए।
मन्त्रीको त्यस्तो माग अन्यायपूर्ण रहेको प्रदर्शनकर्ताको भनाई छ। प्रहरीले ती मन्त्रीका विरुद्ध उजुरी दर्ता गरिसकेको छ।
रोहित वेमुलाले गत आइतबार हैदराबाद सेन्ट्रल युनिभर्सि्िटमा आत्महत्या गरेका थिए। वेमुलाका साथीहरुले विश्वविद्यालयका प्रमुख पदाधिकारीहरु र एकजना संघीय मन्त्रीलाई वेमुलाको मृत्युको जिम्मेवार ठहर्याएका छन् ।
विश्वविद्यालयको छात्रावासबाट निष्काशन गरिएकोमा विरोध गर्ने ५ जना दलित विद्यार्थी मध्ये वेमुला एक थिए।
वेमुलाका साथीहरुले विश्वविद्यालयका प्रमुख पदाधिकारीहरुका साथै संघीय मन्त्री बंडारु दत्तात्रयलाई कारवाही गरिनुपर्ने माग गरेका छन् ।
दत्तात्रयमाथि विश्वविद्यालयलाई दलित विद्यार्थी विरद्ध कारवाही गर्न दबाव दिएको आरोप लगाईएको छ।
यो घटनाको विरोधमा दिल्ली र मुम्बाईका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन्।
वेमुलाको मृत्युमा दत्तत्रय र विश्वविद्यालयका पदाधिकारीहरुको भूमिकाका बारेमा अनुसन्धान भईरहेको हैदरबादको प्रहरीले जनाएको छ।
संघीय सरकारले एउटा छानबिन टोली सो विश्वविद्यालयमा पठाएको बताएको छ।
कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गांधी पनि प्रदर्शनकारी विद्यार्थीहरुलाई भेट्न हैदराबाद पुगेका छन्।
यसै विच मृतकका बाबुले आफ्नो छोराले आत्महत्या गरेको नभई षडयन्त्रपूर्वक मारेको भनेका छन् ।
प्रस्तुत छ, जातिय भेदभावकै कारण आत्महत्या गर्न विवस तिनिले लेखेको पत्र–

गुड मोनिङ,
जब तपाई यो पत्र पढिरहनु हुनेछ, त्यसबेला म हुने छैन । मलाई दुःख हुने छैन । मलाई थाहा छ की तपाई मध्ये केही मान्छे साँच्चै मेरो बारेमा चिन्ता गर्नु हुन्थ्यो । मलाई माया गर्नु हुन्थ्यो र मलाई धेरै राम्रो व्यवहार गर्नु हुन्थ्यो । मलाई कसै प्रति केही गुनासो छैन । मलाई म आफैप्रति हमेशा दुःख लागेर आउँछ । मलाई मेरो आफ्नो आत्मा र शरीर बीचको दूरी बढिरहे जस्तो महसूस भइरहेको छ । र म एक क्रृर मान्छे बनेको छु । म हमेशा एउटा लेखक बन्न चाहन्थेँ । कार्ल सगन जस्तै विज्ञानको एक लेखक, तर अन्तमा मैले यस्तो पत्र लेख्नु प¥यो ।

म विज्ञान, ताराहरु, र प्रकृतिलाई धेरै नै माया गर्ने गर्थे र साथसाथै म म मानिसलाई पनि धेरै माया गर्थेँ । मलाई यस्तो लाग्यो अब मानिस प्रकृतिबाट अलग भएको छ । हाम्रो भावना अब हाम्रो रहेन । हाम्रो माया कृत्रिम भइसक्यो । हाम्रो विश्वास देखावटी कृत्रिम भइसक्यो । हाम्रो कला, हाम्रो असलताको पहिचान सबै कृत्रिम भइसक्यो । चोट बीना माया गर्नु धेरै मुश्किल भएको छ ।

मानिसको मूल्य मात्र एउटा भोट, एउटा गन्ती मात्र भएको छ । ताराहरुका कणमा, सिर्जनामा, पढाईमा, राजनीतिमा,मृत्युमा, बाँच्नुमा हरेक स्थानमा ।
म यस्तो चिठी पहिलो पटक लेखिरहेको छु । पहलो पटक एक अन्तिम चिठी । यदी यो निरर्थक लाग्यो भने मलाई माफ गर्दिनु ।
हुनसक्छ दुनियालाई बुझ्ने सबालमा म शुरु देखि नै गलत थिएँ । माया, पिडा, जिन्दगी, मृत्युलाई सम्झने सवालमा म गलत हुन सक्छु । केही हतार पनि त थिएन । तर म हमेशा हतारमा भए । जीवन शुरू गर्ने करने अधैर्य । यो सब केही मान्छेहरुका लागि जीवन नै अभिशाप हो । मेरो जन्म एउटा भयानक दुर्घटना हो । म बाल्यकाल देखि नै एक्लोपनबाट कहिल्यै बाहिर आउन सकिन । अतीतको त्यही उपेक्षित बच्चा ।

मलाई यो बेला कुनै पश्चाताप छैन । म दुःखी छैन । म एउटा शून्य भएको छु । आफ्नोबाट बेर्पवाह । त्यसकारण म यो गरिरहेको छु ।
म मरेपछि मलाई मानिसहरुले कायर भन्न सक्छन् या स्वार्थी या बेवकूफ । कस्ले के भन्छ मलाई केही फरक पर्दैन । मृत्युपछिको कहानीहरु, भूत, आत्मा यो सबको म विश्वास गर्दिन । यदि म कुनै चीजको भरोसा गर्छु छ त्यो हो म आफ्नो विश्वासमा ताराहरुसँग यात्रा गर्न सक्छु ।
यदि तपाई जो यो पत्र पढिरहुनु भएको छ मेरो लागि केही गर्न सक्नु हुन्छ । मलाई आफ्नो सात महिनाको तलब पाउँनु छ । एक लाख पचहत्तर हजार रुपैयाँ । कृपया यो मेरो परिवारले पाउँनु पर्छ । मैले चालीस हजार रुपैयाँलाई दिनु छ । उनले यो पैसा कहिल्यै फिर्ता मागेको छैन । कृपया उसलाई यो पैसाबाट दिनुहोला ।
मेरो अन्तिम संस्कार केही पनि गर्नु पर्दैन । यस्तो सोच्नुस् की म क्षण भरको लागि आयो अनि गयो । मेरो लागि आँशु नबनाउँनुस् । यो सम्झिदिनुस् की म बाँच्नुमा भन्दा मर्नुमा नै खुसी छु ।
‘छायाँबाट ताराहरुसम्म’
उमा अन्ना, माफ गर्नुहोला । यो कामको लागि मैले तपाईको कोठा प्रयोग गरेँ । एएसए अम्बेडकर स्टूडेंट्स एसोसिएशका परिवार, तपाईहरु सबलाई निराश बनाए त्यसको लागि माफि चाहान्छु । तपाईहरुले मलाई धेरै माया गर्नु भयो । मेरो राम्रो भविश्यका लागि शुभकामना दिनुभयो ।

एउटा अन्तिम कुरा
जय भीम
मैले औपचारिकता लेख्न विर्सिए ।
आफैले आफैलाई मार्नुमा यसमा कसैको दोष छैन ।
यो सब गर्नका लागि मलाई कसैले उक्साएको पनि छैन ।
यो मेरो आफ्नै निणर्य हो र म एक्लै यसको जिम्मेवार हुँ ।
मेरा साथीहरु र दुश्मनहरु म गएपछि मेरो लागि कुनै दुःख मनाउ गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्: