विद्युत उत्पादनमा खेलाँची–कागजमा मात्रै बल्छ बिजुली

downloadकाठमाण्डौ । सरकारले विद्युत उत्पादनमा महत्वाकांक्षी योजना बनाउने गरे पनि आवधिक योजना सुरु भएको साढे पाँच दशकसम्म मुलुकमा औसत करिब २९ प्रतिशत पनि बिजुली उत्पादन भएको छैन।नागरिक दैनिकमा समाचार छ।

जलविद्युत आयोजनाबाट बिजुली उत्पादन थालेको १ सय १ वर्ष पुग्दा मुलुकले ७ सय ३६ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ।

नेपालभन्दा एक वर्षपछि जलविद्युतमा हात हालेको छिमेकी चीनले अहिले ३ लाख २५ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ।

भारतले पानीबाट मात्र करिब ४१ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्: