नारायणकाजीको प्रस्तावः धरहरा नेपालीको पैसाले बनाऔं

Narayan-Kaji-Shrestha-6काठमाण्डौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भूकम्पले भत्किएको धरहरा नेपालीहरुको पैसाले बनाउने प्रस्ताव अघि सारेका छन् ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीसँगको छलफलमा सबै नेपालीहरुबाट पैसा उठाएर धरहरा बनाउने प्रस्ताव राखेका हुन् । श्रेष्ठको प्रस्तावमा पुनर्निर्माण प्राधिकरणका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

उसो त धरहरा बनाइदिन्छु भनेर विदेशी मात्र होइन, नेपालकै ठूलो कम्पनीहरु पनि अघि सारेका छन् । तर स्वदेश र विदेशमा रहेका नेपालीहरुबाट रकम उठाउन बनाउनु पर्ने श्रेष्ठको प्रस्ताव छ ।

सम्पदाहरु भनेको हाम्रा पुर्खाले आफैं बनाएका थिए । अब हामीले पनि आफैं बनाउनसक्नुपर्छ । विदेशीको स्टिकर टाँस्नु हुन्न
एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने–‘धरहरालाई पुनर्निर्माणलाई पुनर्निर्माण अभियानको प्रतिकका रुपमा बनाउन मैले यो प्रस्ताव राखेको हुँ । यो सम्भव पनि छ ।’

वैशाख १२ को भूकम्पले धरहरा ढलेको छ । र, सरकारले यसलाई निर्माण गर्ने बताएपनि ठोस योजना अघि सारेको छैन । यसैगरी सांस्कृतिक सम्पदाहरु भने विदेशीको सहयोग विना नै नेपाल सरकार आफैंले बनाउने श्रेष्ठको प्रस्ताव छ ।

देशीको सहयोगमा बनाउने हो भने त्यहाँ फलानोको सहयोगमा भनिएको बोर्ड वा स्टिर रहन्छ । श्रेष्ठ भन्छन् सम्पदाहरु भनेको हाम्रा पुर्खाले आफैं बनाएका थिए । अब हामीले पनि आफैं बनाउनसक्नुपर्छ । विदेशीको स्टिकर टाँस्नु हुन्न ।’

सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अभियान भने सुरु भइसकेको छ । माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसर पारेर रानीपोखरी र बंग्मतीबाट पुनर्निर्माण महाअभियान सुरु गरिएको थियो । रानीपोखरी सरकार आफैंले बनाउने तयारी परेपनि बुङ्मती क्षेत्रको पुनर्निर्माणमा भने श्रीलंकाले सहयोग गर्ने समझदारी भइसकेको छ ।

यस्तै भक्तपुर, बसन्तपुर लगायतका क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणमा चीन, जापान, भारत लगायतका देशले सहयोग गर्ने इच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: