१० वर्षमा १० हजार मेगावाट विजुली

downloadकाठमाण्डौ । ऊर्जा मन्त्रालयद्वारा गठित कार्य दलले ऊर्जा संकट निवारण दशक घोषणाका लागि प्रस्ताव गरेका छन्। मुलुकमा देखिएको चरम ऊर्जा संकट समाधानका लागि ऊर्जा संकट घोषणा गर्ने ठहरका साथ ऊर्जा मन्त्रालयले गठन गरेका विभिन्न ६ वटा कार्यदलले प्रतिवेदन पेस गर्ने क्रममा सो प्रस्ताव गरेको हो। राजधानी दैनिकमा समाचार छ।

प्रतिवेदन पेस गर्ने क्रममा उपप्रधान एवं ऊर्जामन्त्री टोपवहादुर रायमाझीलाई ब्रिफिङ गर्दै कार्यदलका संयोजकहरुले १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रायोजनका लागि ऊर्जा संकट निवारण दशक घोषणा गर्नु पर्ने प्रस्ताव गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. सञ्जय शर्माले जानकारी दिए।

सोमवार ऊर्जा मन्त्रालयले संकट निवारण दशकका लागि अबधारणा पत्र बनाउन विद्युत विकास विभागका महानिर्देशक दिनेश घिमिरेको संयोजकत्वमा ऊर्जा मन्त्रालय, विभाग र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु रहेको अबधारणा पत्र तयारी समिति गठन गरेको छ। समितिले पाँच दिनभित्र अबधारणा पत्र तयार गर्ने समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: