कांग्रेसका सांसद भन्छन्: संशोधन विधेयक पारित भए मधेस जानसक्छौं

timthumbकाठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशनको पहिलो चरण माघ १५ गतेदेखि सुरू हुँदैछ।
पार्टीको निर्णय अनुसार, माघ १५ गते गाउँ र नगर स्तरीय अधिवेशन हुने कार्यक्रम छ। संविधानका कतिपय विषयमा तराई मधेसमा देखिएको असन्तुष्टि र त्यसको आडमा उठेको आन्दोलनले तराइ मधेसका कतिपय सांसद र नेता जिल्ला जान सकेका छैनन्।
पार्टीको अधिवेशनमा आफ्नो जिल्ला, क्षेत्र र गाउँमा भीड्नपर्ने समयमा संशोधन विधेयकमा मधेसी जनताले राखेका मागको सम्बोधनका लागि संसदमा आफ्नै दलका र अरू दलसँग वादप्रतिबाद गरिरहेका छन्।
आफ्नै दलको नेता सुशील कोइराला नेतृत्वको सरकारमा आफैं मन्त्री भएर पारित गरेको विधेयकमा अहिले त्यतिबेलाका मन्त्रीद्धय विमलेन्द्र निधि र मिनेन्द्र रिजालसँगै फरमुल्लाह मन्सुरले संशोधन प्रस्ताव राखेका छन्।
उनीहरु लगायत विभिन्न दलका सांसदहरुको तर्फबाट संसदमा दर्ता भएका २४ वटा संशोधन विधेयकमाथि संसदमा दफावार छलफल शुक्रबार सकियो।

यदि प्रमुख दलहरुबीच सहमति जुटेमा शनिबार अपरान्ह ३ बजेबाट बस्ने संसदको बैठकमा मतदान प्रक्रिया शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्: