तनहुँमा डोजरले थिच्दा सहचालकको मृत्यु

download (3)तनहुँ । तनहुँको सामुङ भगवतीपुर–९ स्थित कालीगण्डकीमा निर्माणाधीन पक्की पुलको काम गर्ने क्रममा डोजरले थिच्दा डोजरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी डेढगाउँका २१ वर्षीय साजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

काम गर्ने क्रममा आइतबार साँझ अचानक डोजर पल्टिँदा उत्तानो परेको र खन्ने भागले श्रेष्ठलाई थिचिरहेकोले शव निकाल्न नसकिएकाले बुटवलबाट क्रेन मगाएर शव निकाल्ने प्रयास गरिएको जिप्रका, तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: