दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

downloadचितवन । चितवनको फिस्लिङमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा परी घाइते भएका ४० वर्षीय आशबहादुर गुरुङको गएराति उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि सोही दुर्घटनामा परी नवलपरासी कावासोती–१३ का ७८ वर्षीय गम्भीरमान गुरुङको मृत्यु भएको थियो।

मुग्लिनबाट काठमाडौँ जाँदैगरेको ना ४ ख ९८७१ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको ना १ ज ५००० नम्बरेको माइक्रो बस र मुग्लिनतर्फ आउँदैगरेको लु १ ख ८७२५ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।

माइक्रोले ट्रकलाई उछिन्नेक्रममा विपरित दिशाबाट आउँदैगरेको बसमा ठोक्किँदा दुर्घटना भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: