नवोदयद्धारा कैदीबन्दीका बालबालिकालाई शैक्षिक सामाग्री बितरण

dhar बिर्तामोड । नवोदय शिक्षा सदन बिर्ताबजारले झापा जेलमा रहेका कैदीबन्दीका बालबालिकालाई कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ । बिद्यालयको बार्षिक शैक्षिक भ्रमणको अवसरमा बिद्यालयका प्रिन्सिपल धर्मराज माझीको नेतृत्वमा गएको बिद्यार्थीहरुको टोलीले बालबालिकाको शैक्षिकस्तर बृद्धिको निम्ति फूटबल, कापी, कपडा र खानेकुरा बितरण गरेको हो ।

त्यस्तै गरि बिद्यालयले मेची अञ्चल अस्पतालमा रहेका बिराममीहरुलाइ फलफुल बितDSC_0972रण गरेको छ । शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिद्यालयका प्रअ माझी र अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले संयुक्त रुपमा फलफूल बितरण गरेका हुन् । कक्षा ७ सम्म संवोधन प्राप्त सो बिद्यालयले मेची सिमाना र पर्यटकीय स्थल किच्चकबधको समेत अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: