ललितपुरका छोटे डन पक्राउ

download (1)ललितपुर । महानगरीय अपराध महाशाखाले ललितपुरमा गुन्डागर्दी गर्ने कानु भन्ने भोला खड्कालाई पक्राउ गरेको छ। गुण्डागर्दी तथा व्यवसायीलाई धम्की दिएर रकम उठाएको आरोपमा उनलाई पक्राउ गरिएको डिएसपी रमेश थापाले जानकारी दिए।

धापाखेलका उनलाई महाशाखाले आवश्यक कारबाहीका लागि ललितपुर प्रहरी परिसरमा बुझाएको छ। उनी २०६४ सालमा मानववेचबिखन मुद्दामा जेल परेर छुटेका थिए। महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार उनी छोटे डन हुन्।
धम्की दिने, रकम असुल्ने कार्यमा उनी सक्रिय थिए। पीडितहरुले उजुरी हालेपछि उनलाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्: